खाेज्नुहाेस

सुदूरपश्चिम कोरोना अपडेट : २६ थपिदा २६ निको भए, २ जनाको मृत्यु 

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६२ नमूनाको कोरोना परिक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टिजेन बिधिबाट १ हजार २ सय ५५ नमूनाको कोरोना परिक्षण गर्दा ७ र पीसीआर बिधिबाट १ सय ७ नमूनाको कोरोना परिक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको छ ।

attariya hospital

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ५१ पुगेको छ ।

navjiwan hospital

यसैबिच पछिल्लो २४ घण्टामा २६ जनाले नै कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३७ हजार २ सय ७२ पुगेको छ ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका ९० र ७० बर्षिय पुरुष रहेका छन । उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

यो संगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय ९६ पुगेको छ ।