खाेज्नुहाेस

बझाङमा मृत फेला परेकी महिलाको पहिचान खुल्यो

Image

बझाङ – बझाङको सेती नदी किनारमा बुधबार दिउँसो मृत फेला परेकी महिलाको पहिचान खुलेको छ ।  शव बझाङको तलकोट गाउँपालिका–३ बस्टिकी २६ वर्षीया धनलक्ष्मी भण्डारी रोकायाको भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले जानकारी दिएका छन ।

navjiwan hospital

प्रहरीका अनुसार धनलक्ष्मी असोज ८ गते घरबाट एक्कासी बेपत्ता भएको घरपरिवारले बताएको छ । उनको शव आज दिउँसो २ बजे बझाङको जयपृथ्वी नगरपालिका–१० पानकोटस्थित पुलमुनि सेती किनारमा फेला परेको थियो ।

attariya hospital

मृतकका पति भारत बस्दै आएका र दुई छोरा घरमै रहेको प्रहरीले बताएको छ । प्रहरीले पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल सिमखेत पठाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।