अत्तरिया – चेक अनादर मुद्दामा ६ महिना कैद सजाय सुनाइएका कैलालीका फरार प्रतिवादी पक्राउ परेका छन । चेक अनादर गर्ने लम्कीचुँहा नगरपालिका–३ बस्ने ३८ बर्षीय गंगा बहादुर तिरुवालाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई कैलाली जिल्ला अदालतको २०७७ भाद्र २६ गतेको आदेशले चेक अनादर मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद सजाय सुनाएको थियो ।

तिरुवालाई ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटीएको प्रहरी टोलीले चिसापानी बजारबाट प्रक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई कैलाली जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ ।

















