खाेज्नुहाेस

डडेल्धुरामा सुपथ मूल्यमा चामल बिक्री हुँदै 

Image

डडेल्धुरा – दसैँतिहार नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ ।  संस्थानले अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटो र मसिनो चामल बजारभन्दा सस्तो दरमा बिक्री गर्न थालेको हो । निषेधाज्ञाका बेला पनि सस्तोमा चामल बेचेको संस्थानले दसैँतिहारलाई लक्षित गरी यहि असोज १ गतेदेखि पुनः सस्तोमा चामल बेच्न थालेको छ ।

मसिनो चामल ३० किलोग्रामको बोराको १ हजार ५१५ मा बिक्री गरिरहेको कार्यालय सहयोगी दानबहादुर निदालले बताए । सामान्यतया अरू समयमा संस्थानले यस चामललाई १ हजार ६२५ मा बिक्री गर्दै आएको थियो । यस्तै मोटा चामल ३० किलोग्रामको बोरालाई १ हजार २ सय १५ पर्ने उनले बताए ।

attariya hospital
navjiwan hospital

दैनिक चार÷पाँच क्विन्टलको अनुपातमा चामल बिक्री हुने गरेको उनले बताए । संस्थानको चामल अलग्गै प्याकेजिङ हुने गरेको छ । ग्रेडिङ गरेको चामल हुने भएकाले चामलमा कनिका नहुने उनको भनाइ छ । एक पटक उपभोग गरेकाहरुले फेरि पनि संस्थानकै चामल खोज्ने गरेको उनले बताए ।

रासस