अत्तरिया – सशस्त्र प्रहरीले कञ्चनपुरबाट ५ लाख बढीको अबैध सामान बरामद गरेको छ । सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट भित्र्याएर बेवारिसे अवस्थामा छोडेको ५ लाख ४६ हजार हजार बराबरको सामान बरामद गरेको हो ।

बरामद गरिएकोको सामानमा कपडा, प्लाष्टिक समान, किराना समान, श्रृङ्गार समान, खाद्य पदार्थ, हार्डबेयर समान, प्रतिबन्धित अण्डा, प्रतिबन्धित पेय पदार्थ, मोटरसाइकल लागयतका समानहरु रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले जनाएको छ ।

बरामद गरिएको समान आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाईएको र पेय पदार्थ र अण्डा नष्ट गरिएको प्रहरीले जनाएको छ ।


















