खाेज्नुहाेस

कमलरीका समस्या समाधन गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्छ : मुख्यमन्त्री भट्ट

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त कमलरीका समस्या समाधन गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएका छन्।

बिहीबार मुक्त कमलरी विकास मञ्चले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले मुक्त कमलरीको समग्र विकासका लागि प्रदेशबाट हुने समस्या समाधन प्रदेश सरकारले गर्ने र केन्द्रबाट हुने समस्या समाधान केन्द्रलाई सिफारिस गरिने बताए। मुक्त कमलरीलाई प्राविधिक शिक्षा र सीप विकासका लागि सुदूरपश्चिम प्रदेश सरकार सधैँ प्रयासरत रहने उनले बताए।

attariya hospital
navjiwan hospital

उनले मुक्त कमलरीको वास्तविक तथ्याङ्क सङ्कलन गरी उनीहरुको मागअनुसारका सीपमूलक तालिम प्रदान गरेर जीवनस्तरमा सुधार ल्याउन आवश्यक रहेको बताए।

प्राविधिक शिक्षा र सीप विकासका लागि विकास मञ्चका लागि भवन निर्माणको व्यवस्था गर्न सकिने तर जग्गा आफैँ खोज्नुपर्ने उनको भनाई छ। मुक्त कमलरीलाई सहकारीका माध्ययमबाट पनि सहयोग गर्न सकिने उनले बताए।

मञ्चका कैलाली जिल्ला अध्यक्ष विन्द्रा चौधरीले प्राविधिक शिक्षा र सीप विकासका लागि एक हजार ४७४ मुक्त कमलरीको नामावली सङ्कलन गरी मुख्यमन्त्री भट्टलाई बुझाएको बताए। कैलाली जिल्लामा चार हजारभन्दा बढी मुक्त कमलरी रहेकामा सरकारी परिचयपत्र मात्र पाएकाको सङ्ख्या दुई हजार ५०० मात्र रहेको जनाइएको छ।

रासस