खाेज्नुहाेस

पहिरोले पुरिएर एकै घरका तीन दिदीबहिनीको मृत्यु

Image

गुल्मी – गुल्मीमा पहिरोले पुरिँदा एकै घरका तीन दिदीबहिनीको मृत्यु भएको छ।

navjiwan hospital

रेसुंगा नगरपालिका ( ८ थुम्का लाईन बस्ने तीलक परियारका तीन छोरीको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार राति सुतिरहेकै बेला माथिबाट पहिरो खसेर उनीहरूको ज्यान गएको हो।

attariya hospital

मृत्यु हुनेमा २१ वर्षीय भावना, १४ वर्षीय गंगा र जमुना परियार रहेको प्रहरीले जनाएको छ।

मंगलबार राति करिब १ बजेको समयमा लेदोसहितको पहिरो खसेर एक तले पक्की घर पुरिँदा ती दिदीबहिनीको मृत्यु भएको हो।