धनगढी – सुदूरपश्चिममा पछिल्लो ५ वर्षमा भएका सडक दुर्घटनामा ८ सय ४३ जनाले ज्यान गुमाएका छन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अत्तरियाको तथ्यांक अनुसार आर्थिक वर्ष ०७३/७४ देखि ०७७/७८ सम्म ठूला–साना गरी १ हजार ५ सय ३० वटा दुर्घटना भएका छन ।
०७३/०७४ मा १ सय ८४ दुर्घटना भएकोमा १ सय ३२ जनाको मृत्यु र ३ सय ४७ जना घाइते भएका थिए । ०७४/७५ मा दुर्घटनाको संख्या घटे पनि मृत्यु संख्या भने बढेको छ । यो वर्ष १ सय ६४ दुर्घटनामा १ सय ५८ जनाको मृत्यु भएको थियो ।

यसैगरी, ०७५/७६ मा २ सय ३४ दुर्घटनामा २ सय २३ जनाले ज्यान गुमाएका थिए । जसमध्ये १ सय ४२ पुरुष, ४७ महिला र ३४ बालबालिका छन ।

०७६/७७ मा ३ सय ८६ र ०७७/७८ मा ५ सय ६२ सवारी दुर्घटना भएका छन । जसमा क्रमशः १ सय ४३ र १ सय ८७ जनाको मृत्यु भएको तथ्यांक छ ।



















