अत्तरिया – कर्मचारी छनोटमा मनोमानी गरेको भन्दै नेपाल बिद्युत कार्यालय सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियामा तालाबन्दी गरिएको छ ।
ठेकेदार मार्फत कर्मचारी छनोट गर्दा मनोमानी गरिएको भन्दै फारम भरेकाहरुले कार्यालयमा तालाबन्दी गरेका हुन ।

बिद्युत प्राबिधिकरणमा काम गर्न २ बर्षका लागि ठेक्का मार्फत कर्मचारी छनोट गर्न विज्ञापन आह्वान गरको भएपनि कर्मचारी छनोट गर्ने ठेकेदारले मनोमानी कर्मचारी राखेको भन्दै फर्म भरेकाहरुले विरोध गरेका छन ।विद्युत प्राविधिकरणले ठेकेदार ९८ जना कर्मचारी राख्न ठेक्का आह्वान गरेको थियो ।

तालाबन्दीमा सहभागी दिपक रानाले आफूले प्रक्रिया पुगाएर फर्म भरको भएपनि छनोट प्रक्रियामा सहभागि नै नगराई नयाँ कर्मचारी छनोट गरिएको बताए । ‘म विगत २ बर्ष देखि बेलौरी वितरण केन्द्रमा प्राविधिकका रुपमा काम गरिरहेको थिए’ उनले अत्तरिया अनलाइन संग भने ‘पुरानो ठेकेदार संगको सम्झौता सकिएपछि नयाँ ठेकेदारले माग गरेको कर्मचारी छनोटका लागि फर्म भरेको थिए । यहाँ फर्म भरेको भएपनि आफ्नो छनोट प्रक्रियानै पुरा नगराई नयाँ कर्मचारी आफ्नो ठाउँमा पठाएका छन । नयाँ कर्मचारी कसरी छनोट भए । आफू पास फेल के भए भनेर किन जानकारी दिईएन् ।’
उनले पुरानो सम्झौता सकिएकाले आफ्नो जागिर गुमेकोमा आपत्ती नभएपनि नयाँ सम्झौताका लागि फर्म भर्दा अन्तरवार्ता, लिखित केही नगराई कसरी नयाँ कर्मचारी छनोट गरिए भनेर आफू अन्योलमा परेको बताए ।
प्राविधिकरणका प्रशासकिय अधिकृत दुर्गा खत्रीले ठेकेदारले आफैले कर्मचारी छनोट गर्ने भएपनि ठेकेदारले प्रक्रिया नपुगाएको गुनासो आएको बताए । उनले ठेकेदारले कति फारम भरे कसरी छनोट गरे भन्ने आफूलाई जानकारी नहुने बताए । उनले १ र २ तहका कर्मचारी ठेकेदार मार्फत विद्युत प्राबिधिकरणले माग गरेको बताए ।
अपडेट खबर प्रादेशिक विद्युत कार्यालय अत्तरियामा लगाइएको ताला खुल्यो, मंगलबार त्रिपक्षिय छलफल गरिने



















