खाेज्नुहाेस

सुर्य लाइफ इन्स्योरेन्स अत्तरिया शाखाले मनायो संविधान दिवस

Image

अत्तरिया – सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अत्तरिया शाखाले दीप प्रज्वलन गरेर संविधान दिवस मनाएको छ ।

navjiwan hospital

अत्तरियाको महेन्द्रनगर रोडमा रहेको उक्त शाखाले राजमार्गमा नेपालको नक्सा बनाएर दीप प्रज्वलन गर्दै दिवस मनाएको हो ।

attariya hospital

दीप प्रज्वलन कार्यक्रमको उद्घाटन सुर्य लाइफ इन्स्योरेन्स सुदूरपश्चिम प्रदेश प्रमुख जगदिश प्रसाद भट्टले गरेका थिए । उनले दिवसको अवसरमा ‘सुर्य चौरासी बिमा योजना एक घर एक योजना’ अघि बढाएको बताए ।

कार्यक्रममा इन्स्योरेन्स अत्तरिया शाखाका एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको अत्तरिया शाखाका बरिष्ट सहायक विरेन्द्र बिकले बताएका छन ।