खाेज्नुहाेस

सेती महाकाली ट्रक यातायात व्यवसायी संघ अध्यक्षमा पुनः जोशी चयन

Image

धनगढी –  सेती महाकाली ट्रक यातायात व्यवसायी संघको आगामी ३ बर्षे कार्याकालका लागि अध्यक्षमा पुनः चेतराज जोशी चयन भएका छन् । शनिबार धनगढीमा भएको संघको १० औं साधारण सभा तथा ८ औं अधिवेशनले आगामी ३ वर्षका लागि जोशीलाई निर्विरोध चयन गरेको हो ।

साधारण सभाले अध्यक्ष लगायत संघका सम्पुर्ण पदाधिकारी निर्विरोध चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा धर्मपालसिंह रावत, बिरेन्द्रबहादुर सिंह (प्रशासन उपाध्यक्ष ) र धनबहादुर बिष्ट (उद्दार उपाध्यक्ष ) चयन भएका छन् ।

attariya hospital
navjiwan hospital

महासचिव, सचीव, सह–सचीव कोषाध्यक्ष र सह–कोषाध्यक्ष क्रमशः दुर्गाप्रसाद जोशी, मोहनसिंह साउद, तारा धामी, ध्रुबराज कार्की र रमेश बम चयन भएका छन् ।

यसैगरी ११ जना सदस्यसमेत निर्विरोध चयन गरिएको निर्वाचन समिति संयोजक वीरबहादुर जेठाराले जानकारी दिए । योगेन्द्र (यम) बम, लोकराज जोशी, हरिश अवस्थी, हरिसिंह महरा, लक्ष्मणबहादुर शाह, प्रेम बिष्ट र सुरेन्द्र बहादुर रावल सदस्य चयन भएका हुन् ।

त्यस्तै रमेशप्रसाद बोहरा, सुरेश रिजाल, दीपक भट्टराई र धनबहादुर साउद पनि सदस्य चयन भएका संयोजक जेठाराले बताए ।