खाेज्नुहाेस

कैलालीमा अटोको ठक्करबाट साइकल यात्री एक बालक घाइेते

Image

अत्तरिया – कैलालीको घोडाघोडीमा अटोले ठक्कर दिदाँ साइकलमा यात्रा गरिरहेका एक बालक घाइते भएका छन । भजनी सुख्खड सडक खण्ड अन्तरगत भजनी नगरपालिका – १ पेट्रोल पम्प नजिकै अटोले ठक्कर दिदाँ स्थानिय ९ बर्षीय सागर बिक घाइते भएका हुन ।

navjiwan hospital

सुख्खडबाट भजनी आउँदै गरेको ना ३ छ ५६०३ नम्बरको अटोले सोहि दिसाबाट आइरहेको साइकललाई ठक्कर दिदाँ बिक घाइते भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

attariya hospital

प्रहरीका अनुसार बालकको निधारमा चोट लागेको छ । उनको स्थानिय स्वास्थ्य संस्थामा उपचार भईरहेको जनाईएको छ । बालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिने अटो र चालक घोडाघोडी नगरपालिका – ३ का ३४ बर्षीय हरी बहादुर चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।