अत्तरिया – सुदूरपश्चिम प्रदेशमा बुधबार ११ जनाले कोरोना जित्दा ३३ नयाँ संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा एन्टिजेन बिधिबाट १ हजार १ सय १९ नमूनाको कोरोना परिक्षण गर्दा १८ र ९९ नमूनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ हजार ५ सय २३ पुगेको छ ।


स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बुधबार ११ जनाले कोरोना जितेसंगै प्रदेशमा कोरोना निको हुनेको संख्या ३६ हजार ८ सय ५१ पुगको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैले पनि ज्यान नगुमाएको निर्देशनालयले जनाएको छ । हाल प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ सय ८६ रहेको छ ।



















