अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ चौकिडाडाँमा जीप र मोटरसाइकल एक आपसमा ठोक्किदा १ जना घाइते भएका छन । दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका – १ अत्तरियाका १८ बर्षिय हसिप कोराईसी घाइते भएका हुन ।

सोमबार साँझ कञ्चनपुरबाट अत्तरिया तर्फ आउदै गरेको से १ प १०८५ नम्बरको जीप र अत्तरियाबाटै जाँदै गरको से ३ प ५२९८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा कोराईसी घाइते भएको सुदूूरपश्चिम प्रदेस ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाईतेको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।



















