खाेज्नुहाेस

धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी

Image

धनगढी – कैलालीको धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ ।

navjiwan hospital

आफ्ना माग पुरा नभएको भन्दै बिए एलएलबि प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले आईतबार क्याम्पसको प्रशासनमा तालाबन्दी गरेका हुन ।

attariya hospital

बुधबार विद्यार्थीहरुले कोभिडका कारण अनलाइनको माध्यमबाट पढाइ भएकाले प्रथम सेमेस्टरको परीक्षा पनि अनलाइन माध्यमबाटै हुनुपर्ने, परीक्षामा नेपाली र अंग्रेजी दुई वटै भाषालाई मान्यता दिनुपर्ने, सबै पुस्तक उपलब्ध गराउनुपर्ने लगायतका माग राखेका थिए ।

बुधबार क्याम्पस प्रशासनमा राखेका मागहरुको सुनुवाई नभएकाले क्याम्पसको प्रशासनमा तालाबन्दी गरिएको विद्यार्थी तेजजंग मल्लले बताए ।