अत्तरिया – भारतको बनबासामा अलपत्र अवस्थामा रहेका एक नेपालीको उद्धार गरिएको छ । बनबासामा अलपत्र परेको अवस्थामा रहेका कञ्चनपुरको दोधाराचाँदनी न.पा. ८ सुन्दरनगर बस्ने अन्दाजी २९ वर्षिय नर बहादुर बुढाको उद्धार गरिएको हो ।

कामको शिलशिलामा भारतको सिमला देखी घर फर्कने क्रममा गाडीमा लठ्याउने औषधी खुवाई बुढाको साथमा रहेको नगद भारु १५,०००।– र एक थान मोवाईल लुटी लगेको र वनवासामा अलपत्र परेको अवस्थामा भारतिय सुरक्षाकर्मीले उद्धार गरि सशस्त्र प्रहरी बल नेपाल बिओपि गड्डाचौकीबाट सीमानाकामा खटीएको टोलिलाई बुझाईएको सशस्त्र प्रहरी उपरिक्षक विरेन्द्र ऐरले जानकारी दिए ।

उक्त टोलीले बुढालाई साँझ ७:३५ बजेको समयमा ईलाका प्रहरी कार्यालय गड्डाचौकीमा बुझाएको र नेपाल प्रहरीको टोलिले उपचारको लागी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगेको ऐरले बताए ।
लुटपाट गर्ने समुहको भारतिय सुरक्षाकर्मीहरुसंग आवश्यक समन्वय गरी खोजि गर्ने कार्य भईरहेको उनले बताए ।


















