दार्चुला – आईतबार आएको पहिरोले लघुजलविद्युत बगाएपछि दार्चुलाको दुहुँ गाउँपालिका अन्धाकारमय बनेको छ । पहिरोले सो क्षेत्रका पाँच वटा लघुजलविद्युत बगाएपछि गाउँपालिका अन्धकारमय बनेको हो ।

बाढी पहिरोले कालागाड लघुजलविद्युत हिकिला ४३ किलोवाट, कालागाड लघुजलविद्युत ब्रह्मदेव दोस्रो ४५ किलोवाट, ब्रह्मदेव लघु जलविद्युत ५० किलोवाट, भास्कर लघुजलविद्युत पिपलचौरी भाडी ४० किलोवाट र सुत्खोला लघुजलविद्युत १० किलोवाट पूर्ण रुपमा ध्वस्त भएको गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताएका छन ।

उनले केहि वडा राष्ट्रिय प्रसारण लाइनमा जोडिएका भएपनि सो क्षेत्रमा पनि पहिरोले विद्युत पोल ढालेका कारण विद्युत सुचारु हुन नसकेको बताए । विद्युत सेवा सुचारु नहुँदा त्यहाँका स्थानियले मोवाईल समेत चार्ज गर्न नपाउँदा सञ्चार सेवामा समेत प्रभाव परेको छ ।



















