धादिङ – बाढी पहिरो प्रभावित धादिङका विभिन्न स्थानका १०० परिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।
शनिबर एक कार्यक्रमबा बिच प्राज्ञिक विद्यार्थी परिषद् नेपालले जिल्लाका १०० परिवारका लागी १०० थान सुविधा सम्पन्न टेन्ट, १०० थान प्लास्टिक सिट्स, ६७० थान स्लिपिङ म्याट्स लगायतका राहात सामाग्री वितरण गरेको हो ।


सहयोग गरिएको उक्त सामग्री खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ, रुविभ्याली गाउँपालिकाका प्रतिनिधि गमन तामाङ, राज तामाङ, नीलकण्ठ नगरपालिकाका शिक्षा संयोजक तुलबहादुर महत, आमाको माया छात्रावासका उपाध्यक्ष भरत खतिवडालाई हस्तान्तरण गरिएको थियो ।
परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपाने, राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल सहितको परिषद् टोलि र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राममणी मिश्रले जिल्लामा बाढीबाट प्रभावित भएका गाउँ र परिवारहरू छनौट गरी राहात सामाग्री वितरण गरेको परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपानेले बताए ।
उनले राहत सामग्री भारतीय जनता र सरकारले प्राज्ञिक विद्यार्थी परिषद नेपाललाई बाढी पहिरो प्रभावित परिवारलाई वितरण गर्नका लागि उपलब्ध गराएको र धादिङ लगायत सिन्धुपाल्चोक, गोरखा, मनाङ, रसुवा र दोलखा जिल्लामा वितरण गर्ने योजना समेत रहेको दिए ।















