खाेज्नुहाेस

धौलीगंगा बाँध खोलीदै, महाकाली नदीको जलस्तर बढ्नसक्ने

Image

अत्तरिया – भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् आयोजनाको बाँध खोलिने भएको छ । बाधको जलाशयमा बालुवा माटो भरिएकाले त्यसलाई सफा गर्न बाधा खोलीन लागेको हो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले धौलीगंगा जलायसमा पानी सँगै बालुवा माटो लगायतका बस्तु धेरै मात्रामा जम्मा भएको र उक्त ‘सिफ्ट फ्लशिंग’ को लागि बाँधको ढोका खोलिने पत्र प्राप्त भएको बताए ।

attariya hospital
navjiwan hospital

उनले भाद्र १० गते बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म ‘सिफ्ट फ्लशिंग’, सरसफाइको कार्य हुने र सो समयमा नदीको जलस्तर बढ्ने भएकाले सतर्क रहन आग्रह गरे ।

महाकालीको तटीय क्षेत्र पर्ने दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर ५ धौउलाकोट देखि लेकम गाउँपालिकाको लाली सम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशन गरेको छ ।