काठमाडौँ – नेपालमा पछिल्लो चौबीस घन्टामा थप १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ४४३ पीसीआर परीक्षण गर्दा १ हजार ७०२ जना र ३ हजार ७३ एन्टिजेन परीक्षण गर्दा २१८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घण्टामा देशभर २४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।

आइतबार २ हजार २४८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३८ हजार ७५१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


















