खाेज्नुहाेस

बैतडीमा विद्यालय सञ्चालन नगर्न जिल्ला प्रशासनको आग्रह

Image

बैतडी – बैतडीमा केहि स्थानिय तहहरुले विद्यालय संचालनमा ल्याउन थालेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले विद्यालय बन्द गर्न आग्रह गरेको छ ।

navjiwan hospital

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले आफूखुसी विद्यालय सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको हो । जिल्लाका विभिन्न स्थानमा विद्यालय सञ्चालन भएका खबर बाहिर आएपछि सबै स्थानीय तहहरुलाई पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

attariya hospital

जिल्ला प्रशासन कार्यालयले भीडभाड हुने खालका कुनै कार्यक्रम नगर्न सूचना जारी गरिसकेको बताउँदै सूचना अधिकारी भारतीले विद्यालय सञ्चालन ल्याउँदा भीडभाड हुने भएकाले महामारीको समयमा सचेतता अपनाउन आग्रह गरिएको बताए ।

चाडपर्वको समय पनि नजिक आईरहेकाले भीडभाड नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।