अत्तरिया – ‘तपाईको माक्स खोई ?’ अभियानलाई थ्रिडिभिएल क्रियसन धनगढी शाखाले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजना कैलालीमा बिहिबार देखि सुरु भएको उक्त अभियानलाई थ्रिडिभिएलले मास्क, साबुन र सेनिटाईजर वितरण गरेको हो ।

जस अन्तरग मोहना अत्तरिया ६ लेन सडकमा पर्ने प्रहरी बिटहरुमा उक्त सामग्री वितरण गरिएको थ्रिडिभिएल क्रियसन धनगढी शाखाका संयोजक रिदम रोकायाले बताएका छन ।
उनले अभियानमा सहयोग पुगाउन प्रहरी पोष्टहरुमा १ पिस सेनिटाईजर, ४ पिस डिटोल साबुन र ५ प्याकेट मास्क वितरण गरेकोे बताए ।


















