अत्तरिया – सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ७९ नमूनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गर्दा २३ जना र पीसीआर बिधिबाट २ सय २० नमूनाको कोरोना परिक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४५ हजार ९ सय ४६ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा ५४ कोरोना संक्रमितले निको भएका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३६ हजार ३ सय ९० पुगेको छ ।

















