खाेज्नुहाेस

एमाले औपचारिक रुपमा फुट्यो, जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्न पाउने

Image

काठमाडौं – नेकपा (एमाले) औपचारिक रुपमा फुटेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा नयाँ पार्टीको निवेदन दर्ता गराएसँगै एमाले विभाजनले औपचारिकता पाएको हो ।

नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइसकेको नेता मेटमणि चौधरीले बताए ।

attariya hospital
navjiwan hospital

उनले भने, ’हामीले नयाँ पार्टी दर्ताको लागि सबै प्रक्रिया पूरा गरेर दिइसकेका छौँ । अब निर्वाचन आयोगबाट स्वीकृती कुरिरहेका छौँ ।’ नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब राखेको उनले बताए ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेपाल समूहले नयाँ पार्टी दर्ता गराएको हो ।

यसैबिच दल विभाजनलाई सजिलो बनाउने गरी सरकारले ल्याएको अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले एक्काइस दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ ।

‘छुट्टै दल गठन भएमा त्यस्तो दल गन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको एक्काइस दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन’ दल दर्ता अध्यादेशको दफा ३३ को उपदफा २ मा थपिएको छ ।