अत्तरिया – कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा ३० जना कोरोना संक्रमित थपिएका छन ।

अस्पतालको प्रयोगशालामा बुधबार गरिएको १६४ जनामा गरिएको परिक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार बुधबार अस्पतालमा रहेका एक जना कोरोना संक्रमित घर फर्किएका छन ।
अस्पतालमा जम्मा १८ जना कोरोना संक्रमित उपचाररत रहेकामा ४ जनाको आईसियु र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको उनले बताए ।

















