धनगढी – कैलालीको गौरीफन्टामा नाकाम एक व्यक्तिको मृत्यु भएको छ । भारतको खटिमाबाट उपचार गरेर आएको कृष्णपुर नगरपालिका – १ दोमिल्लाका ५२ वर्षीय खडकबहादुर शाहको गौरीफन्टा नाकास्थित पिपल चौतारीमा पल्टिरहेको अवस्थामा मृत्यु भएको हो ।

उनले प्राण त्याग्नु अघि आफू गड्डाचौकी नाका हुँदै खटिएमा उपचार गएको र मंगलबार गौरीफन्टा नाका हुँदै फर्किएको प्रहरीलाई बताएका थिए । पिलचौतारमा सुतिरहेको देखिएपछि प्रहरीले उनलाई सोधपुछ गरेको थियो ।

सोधपुछका क्रममा उनले आफू बिरामी भएको र आफूलाई अस्पताल लगिदिन प्रहरीलाई आग्रह गरेका थिए । उनको आग्रहपछि प्रहरीले धनगढीस्तिथ सेती प्रादेशिक अस्पतालमा खबर गरेर एम्बुलेन्स मगाउँदै गर्दा उनले सोही ठाउँमा प्राण त्यागेको प्रहरीले जनाएको छ ।


















