लोकराज पन्त/अत्तरिया – मानब सेवा केन्द्र भेलाबाट अध्यक्षमा धनबहादुर खड्का चयन भएका छन । कैलालीको गोदावरी नगरपालिका – ८ जमुनानगर भएको भेलाले खड्काको अध्यक्षतामा ७ सदस्यीय समिति चयन गरको हो ।

समितिको उपाध्यक्षमा अनिषा चौधरी, सचिवमा लक्ष्मी दत्त जोशी, कोषाध्यक्षमा प्रेम राज ओझा चयन भएका छन । त्यस्तै सदस्यहरुमा मोहन खडायत, बिमला बुढा (खडायत), कृष्ण राज ओझा चयन भएका छन ।

समस्यामा परेकालाई सेवा गर्ने ध्येयका साथ स्थापित मानब सेवा केन्द्रले शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा काम गर्ने उद्देश्य लिएको छ ।
केन्द्रका सल्लाहाकार सदस्य कर्मराज चौधरीले केन्द्रले नाफा रहित संस्थाका रुपमा काम गर्ने बताए । उनले जेष्ठ नागरिक, महिला, बालकालिका, असाहय, निम्न आय भएका व्यक्तिलाई केन्द्रका कार्यक्रममा समेटिने बताए ।
केन्द्रका संस्थापक अध्यक्ष लाल बहादुर भुलको अध्यक्षतामा बसेको भेलाका प्रमुख अतिथि गोदावरी नगरापलिका – ८ का अध्यक्ष नरेश अधिकारी रहेका थिए ।


















