खाेज्नुहाेस

डोटीका तीन बालिकालाई सेभ हाउसले पढाउने

Image

डोटी – बाबु बितेर बिचल्लीमा परेका डोटी सायल गाउँपालिका–२ सिर्मागाउँका गणेश ओलीका तीनजना छोरीलाई महिला तथा बालबालिका सेभ हाउस सिलगढीले पढाउने भएको छ ।

केही दिन पहिले गाउँ नजिकैको जंगलमा घाँस काट्न गएका बेला गणेशको भीरबाट लडेर मृत्यु भएको थियो ।

attariya hospital
navjiwan hospital

घरमा कमाइ गर्ने एक मात्र अभिभावक बुबाको केही दिन पहिले लडेर मृत्यु भएपछि बिचल्लीमा परेका तीन जना बालिकाको पढाइदेखि अन्य खर्च बेहोर्ने निर्णय गरी उद्धार गरिएको महिला तथा बालबालिका सेभ हाउसका अध्यक्ष जानकी मलासीले बताइन् ।

कैलालीमा रहेको सेभ हाउसमा राखेर उनीहरूको पालनपोषणदेखि पढाइको व्यवस्था मिलाइएको स्थानीयवासी तेज डुम्रेलले जानकारी दिए ।

उक्त संस्थाले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा रहेका अभिभावक गुमाएर बिचल्लीमा परेका, एकल तथा आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाको उद्धार गरी पढाउँदै आएको छ ।

रासस