आज साउन महिनाको अन्तिम सोमबार। साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका श्रद्धालु भक्तहरुले अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्ने गरेका छन्।

साउन महिनालाई हिन्दुहरु भगवान् शिवको प्रिय महिनाको रूपमा मान्छन्। त्यसमा पनि सोमबारलाई विशेष मानिन्छ। भक्तहरू यो दिन व्रत, पूजापाठ, दान आदि गरी शिवाराधना गर्ने गर्छन्।

सोहि अवसरमा आज गोदावरी धाममा पनि बिहानै देखि भक्तजनहरु पुगेका छन ।

















