सुदूरपश्चिमका केहि स्थानमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना
सुदूरपश्चिम प्रदेशका केहि स्थानमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकोकाले यसको प्रभाव तराई भेगमा बढी पर्ने शाखाले जनाएको छ ।
यस्तै देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।
पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।