‘निर्माणाधिन सडक तोकिएको समयमा गुणस्तरीय बनाऔं’

जनप्रतिनिधि संगठनभन्दा ठूलो छैन : सभापति शाह

 

धनगढी – धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का नेपाली काँग्रेसका नेता कार्यकर्ताले लामो समयसम्म लथालिङ्ग रहेको डिभोटी–सामुदायिक प्रहरीसम्म लगायतको सडक तोकिएको समयमा गुणस्तरिय बनाउनुपर्नेमा जोड दिएका छन् ।

maya metro hospital

नेपाली काँग्रेसको १४ औं महाधिवेशनलाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा आयोजना गरिएको कार्यकर्ता भेला कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता कार्यकर्ताले सो कुरामा जोड दिएका हुन् ।

नेपाल महिला संघ कैलाली जिल्ला अध्यक्ष पुष्पा भट्टले लामो समयदेखि अलपत्र डिभोटी–सामुदायिकसम्म लगायतको सडक निर्माण भइरहेको र सो सडक तोकिएको समयमा गुणस्तरीय बन्नुपर्नेमा जोड दिइन् ।

attariya hospital

‘अलपत्र सडक बन्नु खुशीको कुरा हो’ अध्यक्ष भट्टले भनिन्, ‘तर, सडक हिलाम्य बनेको छ । हिडडुल गर्न समेत समस्या छ । ग्राभेल गरेर भएपनि तत्कालका लागि हिड्न लायक बनाउन आग्रह गर्दछु ।’

नेपाली काँग्रेसका युवा नेता केशवराज जोशीले नगरभित्रका सडक जताततै हिलाम्य हुँदा हिड्डुल गर्न समस्या भएको बताए । उनले स्थानीय सरकारलाई सो कुरामा ध्यान दिन आग्रह गरे । ‘सडक निर्माण भइरहेको छ यो खुशीको कुरा हो तर तत्कालका लागि निर्माण कम्पनीसंग समन्वय गर्दै मान्छे हिड्का लागि भएपनि ग्राभेल गर्न म आग्रह गर्दछु’ उनले भने ।

नेपाली काँग्रेसका सभापति नरनारायण शाह ‘मनु’ ले जनताको चाहना र पार्टीको निर्देशन अनुसार जनप्रतिनिधिले अगाडि बढ्नुपर्ने बताए । सभापति नरनारायण शाह ‘मनु’ ले फुटेर होइन्, जुटेर अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिन कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरिएको बताए । सभापति शाहले तीन तहको निर्वाचन हुदै गर्दा पार्टीले गति लिन नसकेको बताए ।

‘विधानले उम्मेदवार तह गर्ने सबैभन्दा ठूलो अधिकार वडालाई दिएको छ’ सभापति शाहले भने, ‘सभापतिको चयनको लागि मात्र अगाडि नबढौं, अन्य पदाधिकारीलाई पनि महत्व दिऔं ।’ सभापति शाहले सबै जिम्मेवार भए वडा क्रियाशिल हुने बताए ।

‘वडा नम्बर ५ सम्भावना भएको वडा हो । अरु वडाभन्दा यो वडा उच्च वडामा पर्छ’ सभापति शाहले भने, ‘कठिनाईसंगै अवसर पनि छ । वडा नम्बर १, २ र ५ वडा सबैभन्दा बलियो वडा हो । यो वडाका मिले काँग्रेसलाई कसैले हराउँन सक्दैन ।’

उनले जनप्रनिधि संगठनभन्दा ठूलो नभएको बताए । ‘जनप्रतिनिधि संगठनभन्दा ठूलो छैन’ सभापति शाहले भने, ‘संगठनले महसुस गरेको कुरा जनप्रतिनिधिलाई निर्दिष्ट गर्ने हो र उहाँहरुले गर्नुपर्छ ।’

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख समेत रहेकी नेपाल महिला संघकी केन्द्रीय सदस्य सुशिला मिश्र ‘भट्ट’ ले निर्माणाधिन सडक तोकिएको समयमा र गुणस्तरीय बनाउन निर्माण कम्पनीलाई दबाब दिइरहेको बताइन् ।

‘निर्माण भइरहेको छ । सडक हिलाम्य छ’ उपमेयर मिश्रले भनिन्, हामीलाई पनि लाज मर्दो भएको छ । मैले निर्माण कम्पनीसंग यो बिषयमा पटक पटक भनिरहेकी छु ।’ उपमेयर भट्टले नेता कार्यकर्तालाई नेपाली काँग्रेसको आदर्श र सिद्धान्त बिर्सन नहुने बताइन् । ‘राजनिति भनेको घिनौना खेल त होइन् भन्ने बुझाई छ’ उनले भनिन्, ‘प्रविधि मार्फत नेपाली काँग्रेसका आदर्श र सिद्धान्त बुझाउन जरुरी छ ।’

धनगढी उपमहानगरपालिका नगर सभापति समेत रहेका नगर प्रमुख नृपबहादुर वडले हाल बन्न लागेको सडकको बिषयमा पटक पटक निर्माण कम्पनीसंग बसेको बताए ।

नगर प्रमुख वडले नेता कार्यकर्ताले उठाएको कुरा ठेकेदार कम्पनीसंग बसेर पुनः पनि छलफल गर्न तयार रहेको बताए । ‘१९ वर्षदेखिको बिकराल अवस्थाको उपमहानगर हामीले पाएका छौ । जता गयो उतै लथालिङ्ग छ । सुधार गर्दै गइरहेका छौ । अझै धेरै कुरा सुधार गर्न बाँकी छ’ नगर प्रमुख वड्ले भने, ‘धेरै ठाउँको अवस्था बेहाल छ । तर, राम्रोका लागि बेहाल भएको छ ।’

वडा नम्बर ५ का सभापति टेकराज ओझाको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सभापति हरिश खड्का, प्रदेश सभापति कलावती जोशी, वडा नम्बर ५ का अध्यक्ष हिरासिंह पातली लगायतले धारणा राखेका थिए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.