सुदूरपश्चिममा ३७ संक्रमित थपिदा ३५ निको भए

 

अत्तरिया – सुदूरपश्चिममा सोमबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टीजेन बिधिबाट ६ सय ८ नमूनाको कोरोना जाँच गर्दा १२ र पीसीआर बिधिबाट १ सय ८५ नमूनाको जाँच गर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

maya metro hospital

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४५ हजार ४ सय ७२ पुगेको सोमबार स्वास्थ्य निर्देशनालय डोटीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा ३५ कोरोना संक्रमित निको भएका छन । यो संगै प्रदेशमा कोरोना निको हुनेको संख्या ३६ हजार ३८ पुगेको छ ।

attariya hospital

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कैलालीको जोशिपुर – २ का २८ बर्षीय युवकको मृत्यु भएको छ । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । यो संगै प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ सय ७९ पुगेको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.