खाेज्नुहाेस

लागु औषध दुर्व्यसन विरुद्ध कञ्चनपुरका युवाले थाले अभियान

Image

बिकाश सिंह महता/कञ्चनपुर – लागु औषध दुर्व्यसन विरुद्ध कञ्चनपुरका युवाहरुले अभियान संचालन गरेका छन । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कोराना भाइरसले विश्व नै त्रसित बनेको बेलामा नेपाल सरकारले महामारीलाई रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनले युवाहरु लागू औषध दुव्र्यसनको लतमा फस्दै गएपछि ‘लागू औषध नियन्त्रणका लागि युवाको भूमिका’ भन्ने मुल नाराका साथ बेदकोट नगरपालिका वडा नम्बर ९ सुन्दरपुरका युवाहरुले अभियान संचालन गरेका हुन ।

अभियान अन्तरगत युवाहरुले वडा नम्बर ९ को सुन्दरपुरस्थीत कृषि चोक देखि -याली निकालेका थिए । ¥यालीमा सहभागि युवाहरुले लागु औषध विरुद्धका जनचेतनामुलक स्लोगन लेखिएका प्ले बोकेका थिए ।

attariya hospital
navjiwan hospital

¥याली पछि आयोजित सभालाई सम्बोधन गर्दै युवा खेलाडी तथा अभियान सञ्चालनकर्ता पुस्कर थापाले लागु औषध नियन्त्रणमा सबै युवा एक जुट भएर यस अभियानलाई  निरन्तरता दिन आवश्यक रहेको बताए ।

वडा कार्यालय परिसरमा भएको सभालाई सम्बोधन गर्दै वडा अध्यक्ष राम सिह धामीले वडाभित्र रहेका युवाहरुमध्येबाट दुव्र्यसनमा फसेका युवाहरुको पहिचान गरी उनीहरु केकति कारणले दुव्र्यसनमा फसेको बारे पत्ता लगाई युवा लक्षीत कार्यक्रम अघि सार्ने बताए ।

वडा कार्यालयको सहयोगमा भएको ¥यालीमा सुन्दरपुरका युवा, महिला राजनीति दल, शिक्षाप्रेमी  लगायत वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको थियो ।