खाेज्नुहाेस

दार्चुला घटना : छानबिन टोली संगसंगै एसएसबी पनि, पत्रकारलाई क्यामेरा बोक्न दिइएन 

Image

धनगढी – तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता जयसिंह धामी घटनाको छानबिन गर्न दार्चुला पुगेको सहसचिव जनार्दन गौतम नेतृत्वको टोली गस्कु मालघाट पुगेर सदरमुकाम खलंगा फर्किएको छ ।

भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि घटनास्थल गएको टोली सदरमुकाम फर्किएको टोलीकी सदस्य दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट जोशीले बताइन् ।

attariya hospital

छानबिन टोलीसंगै भारतको डिडिहाटका एसएसबी कमाण्डेन्ट महेन्द्र प्रताप नेतृत्वको टोली पनि घटना स्थल गएको बताइएको छ । भारतको धार्चुलाबाट गाडिमा गएको टोली करिब २० किलोमिटर अघि तिउतोला भन्ने ठाउँमा सडक अवरुद्ध भएपछि केही बेर पैडल यात्रा गरेको थियो । पछि गस्कुबाट गाडि झिकाएर गस्कुसम्म पुगेको बताइएको छ । नेपाल तर्फबाट सडक नहुदाँ टोली भारतको बाटो भएर घटनास्थल गएको थियो ।

navjiwan hospital

छानबिन टोलीसंगै घटनास्थल जान लागेका दार्चुलाका पत्रकारलाई माथिको आदेश भन्दै एसएसबीले धारचुलाबाट फर्काएको थियो । सहमतिपछि नेपाली पत्रकारलाई घटनास्थल जान दिएपनि क्यामेरा बोक्न नदिएको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष कृष्णसिंह धामीले बताए । क्यामेरा बोक्न दिइएको छैन धामीले भने, ‘मोबाइल भने बोक्न दिएको छ । उनले पत्रकारको टोली छानबिन टोलीसंग नभएर छुट्टै गएको बताए ।

छानबिन टोलीका सदस्य सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीसंगै सशस्त्र प्रहरी ४४ नम्बर गण दार्चुलाका गणपति सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्ट पनि टोलीसंगै घटनास्थल पुगेका बताइएको छ ।

समितिका संयोजक जनार्दन गौतमले भारतीय एसएसबीको संलग्नता र स्थानीयवासीले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा भारतीय पक्षबाट जानकारी लिएको बताए ।