खाेज्नुहाेस

कञ्चनपुरमा अवैध रुपमा भित्र्याउदै गरेका ३ लाख बराबरका सामग्री बरामद

Image

कञ्चनपुर – कञ्चनपुरमा निषेधाज्ञा उल्लघंन गरी अबैध रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेका करिब ३ लाख बराबरका सामग्रीहरु बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी मातहत बोडर आउट पोष्ट बयलबन्दा, गड्डाचौकी, दोधा, जिमुवा र झिलमिलाबाट खटिएको सीमा गस्ती टोलीले गस्ती गर्ने क्रममा अन्दाजी २ लाख ८० हजार १० रुपैया बराबरका सामग्रीहरु बरामद गरेको हो ।

attariya hospital
navjiwan hospital

गस्तीका क्रममा टोलीले चिनी, मैदा, स्वीट सुपारी, मिट मसला, सेतो मार्किन कपडा, लेडिज सुट, धोती, थान कपडा, घुम्टी, कस्मेटीक सामान र स्टेशनरिका सामानहरु बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक विरेन्द्र बहादुर ऐरले जानकारी दिए ।

उनले बरामद गरिएका सामग्रीहरु आवश्यक कानूनी कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय बुझाईएको बताए ।