खाेज्नुहाेस

दार्चुला घटनाबारे भारतको उच्च तहसँग छलफल गर्न प्रस्ताव

Image

राष्ट्रियसभा बैठकमा बोल्दै सांसद अनिता देवकोटाले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा भारतको उच्च तहसँग छलफल गर्नुपर्ने बताएकी छन् ।

राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै सांसद देवकोटाले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले भारत सरकारसँग सम्वाद गर्नुपर्ने बताएकी हुन् ।

attariya hospital
navjiwan hospital

उनले यस घटनाको खोजी, अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न भारतको उच्च तहसँग छलफल गर्नुपर्ने बताइन् । आगामी दिनमा यस्तो घटना नघटाउनको निम्ति सरकारले भारत सरकारको प्रतिवद्धता लिनुपर्नेमा पनि उनको जोड छ ।

उनले भनिन– ‘जयसिंह धामीको तुइन काटेर बेपत्ता भएको घटनालाई भारतसँग सम्वाद गरोस् । आफ्ना नागरिकको न्यायिक पक्षमा यथाशिघ्र सरकारले खोजी, अनुसन्धान र सत्यतथ्य सार्वजनिक गर्न सकोस् । जयसिंह धामीका परिवारलाई उचित क्षति र राहतको व्यवस्थापन गरोस् । र भारतको उच्च तहसँग छलफल गरेर दोषीलाई कानूनी कारबाहीमा ल्याउने प्रयत्न गरोस् । अबदेखि यस्ता घटना नदोहोरिनको लागि भारतसँग प्रतिबद्धता लिन सकोस् भनेर म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । सदरमुकाम आउनका लागि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतालाई सँधैभरीका लागि अन्त्य गर्न सरकारसँग म आग्रह गर्न चाहान्छु ।’