खाेज्नुहाेस

सुदूरपश्चिम सरकारले छुट्याएको छात्रवृत्तिको ५ करोड रकम फ्रिज

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको गत आर्थिक वर्षमा छात्रवृत्तिका लागि विनियोजित करिब ५ करोड बजेट फ्रिज भएको छ ।

सामाजिक विकास मन्त्रालय अन्तर्गत ०७७/७८ मा एमबीबीएस, उच्च शिक्षा, १८ महिने डिप्लोमा र ३ वर्षे डिप्लोमा गरी चारवटा छात्रवृत्तिका लागि ४ करोड ९३ लाख विनियोजन गरिएको थियो ।

attariya hospital

कोभिडका कारण देखाउँदै विद्यालयहरू नै नखुलेको भन्दै मन्त्रालयले छात्रवृत्तिका लागि सूचना नै नगरेको मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख गोविन्दप्रसाद पोखरेलले बताए ।

navjiwan hospital

मन्त्रालयको निर्देशिका अनुसार विभिन्न ९ प्रकारका छात्रवृत्ति उपलब्ध गराइने व्यवस्था छ । त्यसैअनुसार गत आर्थिक वर्षमा प्रतिविद्यार्थीले १० लाख पाउने गरी नौवटै जिल्लाबाट एक/एक गरी ९ जनालाई एमबीबीएसका लागि ९० लाख, प्रतिविद्यार्थी ५० हजारका दरले पाउने गरी ४ सय ३२ जनालाई उच्च शिक्षा छात्रवृत्ति शीर्षकमा विनियोजित २ करोड १६ लाख फ्रिज गएको छ ।

यस्तै, एउटा स्थानीय तहबाट दुईजना गरी १ सय ७६ जनलाई ५० हजारका दरले १८ महिने डिप्लोमा छात्रवृत्ति र १ सय ७६ जनालाई नै ३ वर्षे डिप्लोमा छात्रवृत्तिका लागि विनियोजित १ करोड ४३ लाख रकम फ्रिज गएको मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख पोखरेलले बताए । प्रदेश सरकारले ०७५/७६ देखि छात्रवृत्तिका लागि रकम विनियोजन गर्न सुरु गरेको हो ।

सरकारले आकर्षक कार्यक्रममा रूपमा बजेट वक्तव्यमार्फत सामुदायिक विद्यालयमा अध्ययन गरेका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा सहयोग पुग्ने उद्देश्यले छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले बजेट विनियोजन गर्न थालेको हो । तर कार्यान्यन भने प्रभावकारी हुन सकेको छैन । केही छात्रवृत्ति भने सुरुदेखि नै कार्यान्वयन भएका छैनन ।