खाेज्नुहाेस

छानविन समितिको प्रतिवेदनपछि जस्तोसुकै कदम चाल्न तयार छौ : गृहमन्त्री खाँण

Image

काठमाडौं – प्रतिनिधिसभा सांसदहरुको चौतर्फि विरोधपछि गृहमन्त्री बालकृष्ण खाँणले छानविन समितीको प्रतिवेदनपछि सरकारले कदम चाल्ने दाबी गरेका छन ।

navjiwan hospital

सांसदहरुको प्रश्नमा जवाफ दिँदै गृहमन्त्री खाँणले भने, ’छानविन समितिको अध्ययनपछिका प्रतिवेदनलाई लिएर सरकारले जस्तोसुकै अडान राख्छ । हामीले भौगोलिक विकटतालाई बुझेर १० दिनको समय दिएका छौँ । छानविन समितीले घटनास्थलमै पुगेर अध्ययन गरेर प्रतिवेदन बुझाउँछ । त्यसपछि सरकारले जस्तोसुकै कदम चान तयार छ ।’

attariya hospital

दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खोलिदिँदा जयसिंह धामी बेपत्ता भएका छन् ।
घटनाका दोषीलाई कारबाही गर्न व्यापक विरोध भइरहेको छ । गृह मन्त्रालयले आइतबार दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।

समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् ।