अत्तरिया – कैलालीको अत्तरियामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मालाखेतीले गोदावरी नगरपालिका – ११ ओलानीमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
नगरकै विकट वडाका रुपमा रहेका वडा नं. १०, ११ र १२ का किसान तथा महिलाहरुलाई लक्षित गरी संस्थाले आफ्नो शाखा विस्तार गरेको हो ।

बचत गर्नुपर्ने रकम भन्दा बढी तिरेर बचतका लागी बजार आउनुपर्ने त्यहाका किसान एवम् महिलाहरुको समस्यालाई मध्यनजर गर्दै शाखा विस्तार गरिएको संस्थाका मुख्य प्रबन्धक गोरख बहादुर खत्रीले बताए ।
संस्थाले किसानहरुको घरदैलोमै पुगेरसेवा दिने लक्ष्य राखेको उनले बताए । नयाँ सञ्चालीत शाखा कार्यालयमा १०६ वटा समुहहरु रहेको बताउदै उनले उक्त समुहमा ६ सय १५ जना सदस्यहरु आवद्ध रहेको बताए ।

संस्थाले वित्तिय पहुँच भन्दा बाहिर रहेका साना किसान, गरिब, विपन्न वर्गका समुदाय तथा महिलाहरुलाई समुहमा आवद्ध गरी उनिहरुको चेतना तथा क्षमता विकाश, आर्यआर्जनमा बृद्धि तथा सिप विकाशमा टेवा पु¥याउदै आईरहेको मुख्य प्रबन्धक खत्रीले बताए ।
आईतबार एक औपचारीक कार्यक्रमका बिच गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले उक्त शाखा कार्यालयको उद्घाटन गरेकी थिईन ।
संस्थाका अध्यक्ष तेजराज अवस्थीको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख कडायत रहेकी थिईन भने विशिष्ठ अतिथिमा साना किसान विकाश बैंकका प्रमुख रामजनम चौधरी रहेका थिए ।
कार्यक्रममा वडा नं. १०, ११ र १२ का वडाध्यक्षहरुका साथै अन्य विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागीता रहेको थियो । शाखा कार्यालयको प्रगती विवरण संस्थाका मुय प्रबन्धक खत्रीले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रताप भट्टराईले गरेका थिए ।



















