अत्तरिया – सुदूरपश्चिममा शनिबार संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या बढी देखिएको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार शनिबार प्रदेशमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने ५४ जना डिस्चार्ज भएका हुन ।

शनिबार ५७१ जनामा गरिएको एन्टिजेन परिक्षणमा ८ जना र १४८ जनामा गरिएको पिसिआर परिक्षणमा ४० जना गरी ४८ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै प्रदेशमा कुल ४५ हजार १ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार डिस्चार्ज भएका ५४ जना सहित प्रदेशमा कुल डिस्चार्ज हुनेको संख्या ३५ हजार ७ सय ७४ पुगेको छ ।

















