खाेज्नुहाेस

अत्तरिया उद्योग बाणिज्य संघले कार्यालयमै व्यापारीहरुलाई लगायो खोप

Image

अत्तरिया – अत्तरिया उद्योग बाणिज्य संघले कार्यालयमै व्यापारीहरुलाई कोरोना विरुद्धको खोप लगाएको छ । संघमा आवद्ध व्यापारीरुलाई आज कार्यालयमै संघले भेरोसेल खोप लगाएको हो ।

संघमा दर्ता भएका पसलहरुबाट प्रतिपसल २ जनालाई खोप लगाउने गरी कार्यालयमै व्यवस्था मिलाईएको संघका अध्यक्ष अशोकराज देवकोटाले बताए । उनले व्यापारीहरुका लागी स्वास्थ्य कार्यालय कैलालीबाट ८ सय डोज खोप उपलब्ध गराएको बताए ।

attariya hospital

संघमा बढी पसल आवद्ध भएपनि तत्कालका लागी ८ सय डोज खोप प्राप्त भएको बताउदै उनले बाँकीका लागी फेरी आग्रह गरिने बताए ।
उनले सुरुवातमा ७ सय डोज मात्रै उपलब्ध गराउने स्वास्थ्य कार्यालयले बताए पनि पछि आफुहरुको अनुरोधमा एक सय डोज खोप थपिएको बताए ।

navjiwan hospital

यहि साउन १३ गतेबाट कैलाली लगायत सुदूरपश्चिमका अधिकासं जिल्लामा कोरोना विरुद्धको भेरोसेल खोप अभियान जारी छ । सरकारले ५५ वर्षमाथिका नागरिक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक, सह–चालक तथा खोप अनिवार्य गरिएका देश जाने नागरिकलाई बिशेष कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउने मापदण्ड बनाएको छ ।

अत्तरिया उद्योग बाणिज्य संघले कैलालीका प्रमुख जिल्ला अधिकारीसँग खोपको लागी आग्रह गरेकोले स्वास्थ्य कार्यालयले भ्याक्सीन उपलब्ध गराएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले बताए ।

उनले कोरोनाको खोप कम भएका कारण तत्काल ५५ वर्ष माथीकालाई मात्रै खोप लगाईरहेको बताए । उनले १८ वर्ष माथीका सबै नागरिकहरुले कोरोनाको खोप लगाउनुपर्ने बताए ।

साउन १३ गतेबाट शुरुभएको भेरोसेल खोप १७ गतेसम्म लगाईने छ भने साउन १८ गतेदेखि २१ गतेसम्म जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ ।