कञ्चनपुर – लागुऔषध चरेश मुद्धाकी फरार प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।

२०६१ माघ १७ गते २ वर्ष सजाय र १५ हजार रुपैया जरिवाना तोकिएकी जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने जानकी देवी धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

फरार रहेकी उनलाई मंगलबार पक्राउ गरी अदालतमा पेश गरेकोमा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको कञ्चनपुर प्रहरीका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानले बताए ।



















