अत्तरिया – सुदूरपश्चिममा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार ३७० जनाको एन्टिजेन परिक्षणमा ११ र १७४ जनाको पिसिआर परिक्षणमा २२ जना गरी ३३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै सुदूरपश्चिममा कुल संक्रमितको संख्या ४४ हजार ९ सय ३३ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार प्रदेशमा ३७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । यो सँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या ३५ हजार ६ सय ३२ पुगेको छ ।


















