दार्चुला – दार्चुलाको महाकाली नदी किनारमा एक महिलाको शव फेला परेको छ ।

महाकाली नगरपालिका–५ गल्फै स्थित नदी किनारमा मंगलवार मध्यान्ह १२ बजेतिर अन्दाजी ३०/३५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिए ।

गस्तीमा खटिएको प्रहरी टोलीले नदी किनारमा महिलाको शव देखेको थियो । शवको पहिचान खुलेको छैन् । शव महाकाली नदिले बगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ ।


















