अत्तरिया – सुदूरपश्चिममा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आईतबार ४३८ जनामा गरिएको एन्टिजेन परिक्षणमा १३ र ४१ जनामा गरिएको पिसिआर परिक्षणमा १४ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार आईतबार थपिएका २७ जना सहित प्रदेशमा हालसम्म संक्रमितको संख्या ४४ हजार ८ सय ३४ पुगेको छ ।
यसैगरी आईतबार प्रदेशमा २४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । यससँगै प्रदेशमा कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३५ हजार ५ सय ७१ पुगेको छ ।
















