खाेज्नुहाेस

बैतडीमा मन्दिरबाट चोरी भएको सुन ६ महिना पछि भेटियो

Image

बैतडी –बैतडीमा एक मन्दिरबाट चोरी भएको  सुन ६ महिनापछि फेला परेको छ।

गत पौषमा दोगडाकेदार गाउँपालिका वडा नं १ रीमस्थित लटिनाथ मन्दिरबाट चोरी भएको ९ तोला सुन छ महिना पछि फेला परेको हो ।

attariya hospital

प्रहरीले चोरीको आरोपमा ५ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताएका छन । शुरुमा दुईजनालाई नियन्त्रणमा लिएको र त्यसपछि उनीहरुको बयानका आधारमा थप तीन जनालाई नियन्त्रणमा लिएको उनले बताए ।

navjiwan hospital

प्रहरीले पक्राउ गरेकाहरुबाट पौने चारतोला सुन समेत बरामद गरेको छ । शुरुमा स्थानीयहरुले दिएको निवेदनका आधारमा दोगडाकेदार गाउँपालिका १ रीमका २० बर्षीय धनबहादुर कार्की र ३५ बर्षीय केशव सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको बयानका आधारमा सोही ठाउँका लालबहादुर कार्की र हरिकृष्ण सार्कीलाई पनि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शाहीले बताए ।

यस्तै मन्दिरको सुन चोरेर विक्रि गरेको र उनीहरुबाट सुन खरीद गर्ने दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
मन्दिरको सुन चोरी कार्यमा संलग्नहरुमाथि चोरी मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मन्दिरका पूजारीले मन्दिरमा ९ तोला सुन रहेको भनेपनि पक्राउ गरेकाहरुबाट पौने चारतोला मात्रै बरामद भएको छ । अन्य सुन कहाँ गयो भन्ने बिषयमा पनि अनुसन्धान भईरहेको प्रहरी निरीक्षक शाहीले बताए ।