धनगढी – सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शनिवार बिहान राजमार्गको गैरा नजिक पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

सडकमा ठूल्ठूला ढुंगा र रुखसँगै आएको पहिराका कारण राजमार्ग बन्द भएको छ ।

अवरुद्ध राजमार्ग पुनः सञ्चालनका लागि सडक डिभिजन कार्यालयको डोजर पठाइए पनि पहिराले ठूला ढुंगा र रुख ल्याएका कारण पन्छाउन समस्या भइरहेको प्रहरी चौकी गैराले जनाएको छ ।
पहिरोले राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिमका पहाडी जिल्लाबाट तराई तथा तराईबाट पहाडका लागि छुटेका सयौं सवारीसाधन र यात्रुबीच बाटोमा अलपत्र परेका छन् ।
रासस


















