खाेज्नुहाेस

कञ्चनपुरमा निषेधाज्ञा १० दिन थपियो

Image

कञ्चनपुर – कञ्चनपुरमा जारी निषेधाज्ञा १० दिन थपिएको छ । कोरोना संक्रमण न्यूनिकरणका लागि बिहीबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले साउन १७ सम्म निषेधज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको सूचना अनुसार जिल्लामा रहेका विद्यालयहरुले भौतिक रुपमा पठनपाठन गर्न नपाउने जनाईएको छ भने सभा सम्मेलनहरु, पुस्तकालय, सिनेमा हल, पार्टी प्यालेस, सैलुन, ब्युटि पार्लर, दोहोरी रेष्टुरेन्ट, जिमखाना लगायतका कुराहरु पनि सञ्चालन गर्न नपाईने बताईएको छ ।

attariya hospital
navjiwan hospital

सार्वजनिक सवारी साधनहरु पनि बिहान ६ देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछन् ।

जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि वैशाख १६ देखि निषेधाज्ञा लागू गरिएको हो ।

हालसम्म कञ्चनपुरमा कोरोना संक्रमणबाट १८८ जनाको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमणबाट मात्रै १७२ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।