अत्तरिया – सुदूरपश्चिम प्रदेशमा शनिबार थप ४३ जना कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा ४ सय ८४ नमूनाको कोरोना परिक्षण गर्दा ४३ संक्रमित थपिएका हुन ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ४ सय १७ नमूनाको एन्टीजेन र ६७ नमूनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गरिएको थियो ।
यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४४ हजार ५ सय १६ पुगेको छ ।

जसमध्ये ३५ हजार ३ सय ८ जनाले कोरोना जितेका छन । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा २८ जनाले कोरोना जितेका छन ।

















