धनगढी – कैलालीमा भैँसी बाँध्ने गोठमा एक जना पुरुष मृत फेला परेका छन् । घोडाघोडी नगरपालिका वडा नम्बर ४ सिमथरिका ४३ वर्षीय धनबहादुर रतोकी मृत अवस्थामा फेला परेका हुन् ।
उनी बुधबार राति भैँसी बाँध्ने गोठमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।


शव बुधबार राति फेला परेको भएपनि घटनाबारे प्रहरीलाई शुक्रबार मात्रै खबर भएको हो । मृतकको शव पोष्टमार्टमका लागि धनगढी ल्याइएको छ । घटना बारे थप कुरा पोष्टमार्टम पछि खुल्ने बिष्टले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















